१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

लेनदेनको विवादमा ज्वाइँको परिवारकै सखाप हुने गरी हत्या गर्ने ससुरा १३ वर्षपछि पक्राउ

१४ असोज, बाँके । लेनदेनको विवादमा ज्वाइँको परिवारकै सखाप हुने गरी हत्या गर्ने ससुरा १३ वर्षपछि पक्राउ परेका छन ।  नेपालगञ्जमा सुनचाँदी व्यवसायी दिपक हेमकरसहित उनको परिवारका ५ जनाको घाँटी रेटी हत्या भएको घटनाको मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रहरी टोलीले मुख्य अभियुक्त किशोरीलाल सोनीलाई अाइतबार सार्वजनिक गरेको हो ।उनलाई प्रहरी टोलीले नेपाल–भारत सीमा नाका जमुनाहबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सोनी दिपककै ससुरा हुन् ।

आर्थिक लेनदेन सम्बन्धी विवादमा उनले ५ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।यसअघि २३ फागुन २०६२ मा नेपालगञ्जमा व्यवसायी ३२ वर्षीय दीपकसहित ८२ वर्षीया गुलावदेवी हेमकार, ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया सीतादेवी हेमकार र कामदार राम शनिच्चर चौधरीको हत्या भएको थियो ।

प्रकाशित मिति : 19:37