८ चैत्र २०८२, आईतवार | Mon Mar 23 2026

लाभांश प्रस्ताव पारित गर्न छिमेक लघुवित्तले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

११ फागुन, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ। लघुवित्तले चैत १० गते ११ बजे, शुक्रबार मकवानपुरको हेटौँडास्थित होटल सामना प्रा.लि.को सभाहलमा २१ औँ वार्षिक साधारण सभा बाेलाएकाे छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ३.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने  प्रस्ताव पारित गर्नेछ। साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता हुन तथा लघुवित्तले वितरण गर्ने लाभांश पाउन सक्नेछन्।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ११:५३