१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

कृषि विकास बैंकको अध्यक्षमा पूर्व राजश्व सचिव रामशरण पुडासैनी

१० फागुन, काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा नेपाल सरकारमा पूर्व राजश्व सचिव रामशरण पुडासैनी चयन भएका छन । बुधबार साँझ बसेको बैंकको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो । पुडासैनी बुधबार दिउँसोमात्र बैंकको सञ्चालकमा नियुक्त भएका थिए ।

 केही दिन अघि बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरूङको नियुक्ति लगत्तै सञ्चालक समितिका अध्यक्ष रमेश दुवाडीले योग्यतामा प्रश्न उठेपछि राजिनामा दिएका थिए । दुवाडीको राजिनामापछि रिक्त रहेको सदस्यमा मन्त्रालयले पुडासैनीलाई नियुक्त गरेको अर्थमन्त्रालयले जनाएको छ । पुडासैनी यसअघि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पनि संचालक समितिका अध्यक्ष भैसकेका छन ।

पुडासैनीले भोलि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा गोपनीयताको शपथ लिनेछन ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार २१:०१