निर्मला हत्या प्रकरणको छानविन समितिका सदस्य वीरेन्द्र केसी चढेको गाडीमा अाक्रमण
१४ असोज, काठमाडौं । प्रदेशको नाम र राजधानी विवादलाई लिएर अनिश्चितकालिन बन्दमा उत्रिएका प्रदर्शनकारीले निर्मला हत्या प्रकरणको छानविन समितिका सदस्यस वीरेन्द्र केसी चढेको गाडीमा अाक्रमण गरेका छन् । सुदूपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी चढेको सरकारी गाडी प्रदर्शनकारीले ताडफोड गरेका हुन् ।
धनगढी एयरपोर्टमा उत्रिएर मन्त्रालय जाने क्रममा पछाडिबाट ढुंगा प्रहार भएको केसीले बताएका छन् । त्यसबाट मन्त्रालयको बा १ ज ९७०३ नम्बरको गाडीको सिसा फुटेको छ । केसी भने सकुशल छन् । उनी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्च स्तरीय समितिको सदस्य समेत थिए ।
प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार १६:२१