५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

प्रधानमन्त्री ओली कोस्टारिकामा

– सुरेन्द्रबहादुर नेपाली

१४ असोज,न्युयोर्क ।  प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिका पुगेका छन् । राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजे पुगेका छन् ।

उनकाे साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छन् । प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गरेका छ । उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार ०९:४९