२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

कुखुरा चोर वडा अध्यक्षलाई कारबाहीको माग

२७ फागुन, कालिकोट । कालिकोटका सान्नी त्रिवेणी गाउँपालिका ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसीलाई कुखुरा चोरेको आरोपमा कारबाहीको माग गरिएको छ ।

केसीले वडा सदस्य रामबहादुर केसीसँग मिलेर अर्जुन खत्रीको कुुखुरा चोरेको आरोप लगोको छ । खत्रीले वडा कार्यालयमा लिखित उजुरी नै दर्ता गरेका छन् ।

खत्रीले तत्काल कारबाही नगरे आफू जिल्ला प्रशासन कार्यालयमा गएर मुद्दा हाल्ने चेतावनी दिएका छन ।

प्रकाशित मिति : March 11, 2018 at 5:44 am