५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

नक्कली डाक्टर बनेर घाउ सफा गर्छु भन्दै सुत्केरी बलात्कार गर्न खोज्ने दिपेश कार्की पक्राउ

१३ असोज, काठमाडाैँ । तेह्रथुममा नक्कली डाक्टर बनेर घाउ सफा गर्छु भन्दै सुत्केरी बलात्कार गर्न खोज्ने दिपेश कार्की पक्राउ परेका छन । जिल्ला अस्पताल तेह्रथुममा प्रसुति गराउन आएकी २० वर्षे महिलालाई जबरजस्ती करणी गर्न कार्की पक्राउ परेका हुन । प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–३, वयरवनका ३० वर्षीय कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

उनलाई पक्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्कीले बिहीबार जिल्ला अस्पतालमा अपरेसनबाट प्रसुति गराई वार्डमा रहेकी महिलालाई राति १०ः०० बजे शौचालय गएको मौका छोपी जबरजस्ती करणीको प्रयास गरेका थिए । उनले आफू अस्पतालको डाक्टर भएको र घाउ सफा गरिदिने भन्दै झुक्याएर गोप्य अंङ्गहरुमा हात पु¥याएपछि आफूले प्रतिकार गरेको पीडित महिलाले बताएकी छिन् ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १८:४४