१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने तरूण दलका नेता वीरबहादुर बोहरा पक्राउ
१३ असोज, काठमाडाैँ । डडेल्धुरामा नेपाली कांग्रेसको भ्रातृ संस्थाका नेता वीरबहादुर बोहरासहितका व्यक्तिले १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको खुलासा भएको छ । देशैभर बलात्कारका घटना दिनहुँ सार्वजनिक भैरहेको समयमा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा उनकै पार्टीको भ्रातृ संगठनका नेताले बलात्कार गरेको घटना सार्वजिनक भएको हो ।
जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय बोहरासहितका २ युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा परशुराम नगरपालिका ४ पोखरी बस्ने २८ वर्षीय तरूण दलका नेता वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउदले बताएका छन ।
आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन्। घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी परेको हो ।
प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १७:२१