अनुमतिबिनाको सेवामा शुल्क लिने बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकलाई दिनुपर्ने
२ फागुन, काठमाडाैं । बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिविना कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई सेवाबापत शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना दिइएको सेवामा शुल्क लिए बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने व्यवस्था गरेको हाे ।
खातावालाहरूले पनि आफूले नमागेको यस्तो सुविधावापत बैंकहरूले शुल्क लिएका सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा उपलब्ध गुनासो अधिकारी समक्ष गुनासो दर्ता गर्न सक्नेछन् ।
प्रकाशित मिति : February 14, 2023 at 2:43 pm









