निर्मलाको न्यायको निम्ति कञ्चनपुरमा फेरि अान्दोलन सुरू, प्रतिवेदन सार्वजिनक गर्न माग
१३ असोज, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको भीमदत्तनगर उल्टाखानकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको विषयमा अान्दोलन भएर शान्त बनेको कञ्चनपुरमा फेरि अान्दोलन सुरू भएको छ ।
नागरिक संघर्ष सिमितिले निर्मलाको हत्याबारे छानविन गर्न गठन गरिएको समितिले पेश गरेको प्रतिवेदन सार्वजिनक गर्न माग गर्दै भिमदत्तनगरमा अान्दोलन सुरू गरेको हो सर्घर्ष समितिको नाममा पहिलो चरणमा चाैतारको मुनी एक दर्जनबढी महिलाहरू धर्नामा बसेका छन ।

उनीहरूले सरकारले प्रतिवेदन सार्वजिनक गर्नमा ढिलाइ गरे परिस्थिति भयावह हुने चेतावनी समेत दिएका छन । छानविन सिमितले गृहमन्त्री रामबहादुर थापा बादललार्इ बुझाएको प्रतिवेदन
प्रकाशित मिति : September 29, 2018 at 12:45 pm









