१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

राष्ट्र बैंकको नयाँ नीतिः ऋण नतिर्ने व्यक्तिको सक्कली तस्बिर बैंकले सार्वजनिक गर्न नपाउने

२७ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले नयाँ नीतिगत व्यवस्था मार्फत ऋण नतिर्ने व्यक्तिको सक्कली तस्बिर बैंकले सार्वजनिक गर्न नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार  “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै केही नयाँ व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले निर्देशनको बुँदा नम्बर ४० मा संशोधन गर्दै कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने र त्यस्तो कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न नपाउने व्यवस्था गरेको छ ।

यसअघि सोही बुँदामा यस्तो व्यवस्था रहेको थियो, ‘कर्जा असुली सम्बन्धी कारवाही सम्बन्धमा एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको (१) एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई कम्तीमा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।’

राष्ट्र बैंकले त्यसमा संशाेधन मार्फत नयाँ व्यवस्था गर्दै एक वर्ष भन्दा बढी समयका लागि ऋण लिएका ऋणीहरूको तस्बिर सार्वजनिक नगर्न बैंक तथा बित्तिय संस्थाहरूलाइ निर्देशन दिएको हो ।

प्रकाशित मिति : February 10, 2023 at 9:21 am