गुल्मीको घरलाई पिताको सम्झनामा धर्मशाला बनाउने सशस्त्र प्रहरीका आइजी खनालको घोषणा
१३ असोज, गुल्मी । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले गृह जिल्ला गुल्मीमा रहको आफ्नो घरलाई धर्मशाला बनाउने घोषणा गरेका छन । कार्यक्रमको सिलसिलामा शुक्रबार गृह जिल्ला गुल्मीमा आएका खनाललाई शुक्रबार उद्योग वाणिज्य संघ रिडीले आयोजना गरेको कार्यक्रममा जिल्लाको रुरुस्थित रिडीमा रहेको आफनो पुख्र्याैली घरलाई धर्मशाला बनाउने बताएका हुन् ।
उनले आफ्ना पिताको सम्झनामा घरलाई धर्मशाला निर्माण गर्न इन्जिनियर सहितको टोलीले अध्ययन गराएका हुन् । पुरानो संरचनामा बनेको २ तले घरलाई भत्काएर नयाँ डिजाइनमा धर्मशाला बनाउने बताएका हुन् । तीन जिल्लाको संगमस्थल रहेको रुरु स्थित रिडीमा आफना पिताको सोच पनि धर्मशाला बनाउने रहेकाले बुवाकै सम्झनामा घरलाई धर्मशाला बनाउने निर्णय गरेको बताए ।
प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १०:११