५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

नवलपरासीको कावासोतीमा सवारी दुर्घटना, २ जनाको मृत्यु, ३२ जना घाइते, ११ को अवस्था गम्भीर

१३ असोज, नवलपरासी । पूर्व–पश्चिम राजमार्गको  नवलपरासीको कावासोती खण्डमा बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

नेपालगंजबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५६ २९ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा शनिबार बिहान साढे ३ बजे  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र  कपिलवस्तुकाे वाणगंगा नगरपालिका -२ बस्ने २४ वर्षका लक्ष्मण थारुको ज्यान गएको प्रहरीले बताएको छ ।दुर्घटनामा परि गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, ४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार ०९:२२