१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

कस्तो छ निरन्तर १० प्रतिशत सेयरमूल्य बढेकाे आदर्श लघुवित्तको वित्तीय अवस्था ?

२५ माघ, काठमाडाैं । पछिल्लो १० कारोबार दिनदेखि दोस्रो बजारमा निरन्तर १० प्रतिशत सेयरमूल्य बढिरहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

उक्त विवरण अनुसार समिक्षा अवधिसम्म संस्थाले ७ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५०.१२ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १४ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद व्याज आम्दानी पनि ४.४९ प्रतिशतले घटेर ९० लाख ४३ हजार रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ३२.६७ प्रतिशतले घटेर ११ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १७ लाख २९ हजार रूपैयाँ रहेको थियो । संस्थाको चुक्ता पुँजी २ करोड ७ लाख र जगेडा कोषमा १ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९२ पैसा घटेर ७ रुपैयाँ ८ पैसामा सीमित भएको छ। कम्पनीकाे प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा रहेको छ।

प्रकाशित मिति : February 8, 2023 at 11:55 am