२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफू र आफ्नो पार्टीलाई दिएको एक-एक भोटको महत्व राख्ने बताए । बैठकले यद्यपि सरकारलाई दिएको समर्थन भने यथावत राख्ने बैठकले निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १६:०२