२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

२२ माघ, काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ । एमलोइडोसिस् रोगबाट पीडित ७८ वर्षीय मुसर्रफ केही दिनयता अस्पताल भर्ना भएर भेन्टिलेटर उपचार भइरहेको थियो ।

पाकिस्तानका पूर्व सेनाप्रमुखसमेत रहेका मुसर्रफको निधनमा सेनाले पनि समवेदना दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १३:२४