२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राष्ट्रिय स्वतन्त्र पार्टी फुटको संघारमा, रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

२२ माघ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फुटको संघारमा पुगेको छ । रवि लामिछानेले हुकुमी शैलीमा पार्टी चलाउने प्रयास गरेको भए पनि त्यो करिब असफलताको नजिक पुगेको छ । संसदमा १९ सिटसहित चौँथो ठूलो राजनीतिक दलको हैसियत बनाएको रास्वपा भित्र आन्तरिक गुटबन्दी चरम बनेको छ । पार्टी सभापति लामिछानेले राजनीतिबाहिर हुँदा जे कुराको चर्को स्वरमा बिरोध गर्थे पार्टीमा सक्रिए भएपछि जे जे नगर्ने र गर्न हुन्न भनेका थिए त्यो सबै काम गरेँ ।

उनको पार्टीका नेतलाई बाहिर बोल्न समेत प्रतिवन्ध गरिएको थियो भने पार्टीका बैठकहरूमा पनि अरूको कुरा सुन्नेभन्दा आफ्नै कुरामात्र सुनाउने काममा रवि लागे । जसको परिणामस्वरूप उनले आफूसहित जो जो मन्त्री जसरी छाने ती सबै विवादित पात्र थिए । स्वार्थ बाझिने मन्त्रालयमा त्यस्तै खालका मन्त्री पठाए । जसले गर्दा चुनावअघि उनले पाएको स्यावासी र वाहीवाही ओरालो लाग्यो । अहिले समाजिक सञ्जालमा पनि रविको विपक्षमा थुप्रै मतहरू देखिएका छन ।

उनले खारेज भएको नागरिकता प्रयोग गरेर अमेरिकी नागरिककै हैसियतामा नेपाली राहदानी लिएको विषय अनुसन्धानको क्रममा रहेको छ । रविले जुन कर्म गरे त्यो फौजदारी अभियोगको विषय हो । अहिले रविको पार्टीभित्र पनि त्यस विषयमा छलफल चलेको छ । बहुमतले रविको गलत कर्मको घुमाउरो तरिकाले बिरोध गर्न थालेका छन । नेपाली कांग्रेस र एमालेका कतिपय नेताले विगतको पृष्ठभूमि हेरेर रास्वपाका नेताहरूसँग एक्लाएक्लै र सामूहिक भेटघाट चलाइरहेका छन ।

सत्ताको खेल थप बल्झिने अवस्थामा रास्वपा तत्कालै विभाजन हुने दैनिकीको सम्पर्कमा रहेका रास्वपाका एक सांसदले जानकारी दिए । पार्टीभित्रको गुटबन्दीले च्यापिएको महशुस गरेका सभापति लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्ने सार्वजनिक घोषणा गरेका छन । उनले पार्टी कार्यालयमै विशेष पत्रकार सम्मेलन गर्ने बताएका छन ।

रविले फेसबुक मार्फत भनेका छन, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार ११:०९