ग्राण्डी अस्पतालमा पत्रकारको अपमान, सम्मान लिन निमन्त्रणा गरेर नाम काटियो
१२ असोज, काठमाडाैैँ । राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालले एउटा गम्भीर गल्ती गरेको खुलासा भएको छ । सत्याको खुलासागर्दा घोषणा गरिएको पुरस्कार खोसिएको छ । आफ्नो अनुकुल समाचार नलेखेको भन्दै सम्मान गर्ने लिष्टमा राखेको पत्रकारको नाम अन्तिम समयमा काटेको छ । विश्व मुटु दिवसको अवसरमा ग्राण्डी अस्पतालमा आयोजना हुने विशेष समारोहमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा पाँचवर्षभन्दा बढी समयदेखि स्वास्थ्य पत्रकारिता मार्फत मुटुरोग सम्बन्धी सचेतना विस्तार गर्न योगदान गरेको भन्दै केही पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।
सोही सूचिमा समावेश गरिएको भन्दै पत्र पठाइएका हाम्रो डक्टर मासिक एवं अनलाईन संस्करण हाम्रो डक्टर न्यूजका प्रधानसम्पादक उद्धवराज भेटुवालको नाम अन्तिम समयमा ‘अस्पताल प्रशासनको दवावमा’ काटिएको हो । अस्पतालको मुटु दिवस आयोजक मूलसमितिले सम्मान गर्ने अन्तिम सूचि तयार गरेको र त्यसमा छनोट भएको भन्दै अस्पताल प्रशासनले एकहप्ताअघि भेटुवाललाई सम्मान ग्रहण गर्न इमेल मार्फत निमन्त्रणा पठाएको थियो ।
तर, हाम्रो डक्टर न्यूज अनलाईनमा ग्राण्डी अस्पतालका बारेमा अाएका केही समाचारप्रति आपत्ति जनाउँदै अस्पताल प्रशासनका उच्च अधिकारीहरुले आफु अनुकुल समाचार नलेख्ने पत्रकारलाई सम्मान नगर्ने निर्णय गरेपछि अन्तिम समयमा भेटुवालको नाम काटिएको छ । सार्वजानिक महत्व राख्ने ग्राण्डी अस्पतालसम्बन्धी नकरात्मक समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमको सम्पादकलाई नै सम्मान गर्नुपर्ने देखिएपछि अन्तिम समयमा नाम काटिएको अस्पताल स्रोतले जनाएको छ ।
प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार १५:२१