१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

पूर्वाञ्चल ल्यूब आयलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

२० माघ, काठमाडाैं । पूर्वाञ्चल ल्यूब आयलले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा पूर्वाञ्चल ल्यूब आयलको तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

पूर्वाञ्चल ल्यूवको रजिष्टर्ड कार्यालय सुन्दरहरैंचा ९, विराटचोक, मोरङ्गमा रहेको छ । यस कम्पनीले विगत २३ वर्षदेखि आफ्नो ‘पीएलओ’ ब्राण्डका ल्यूब्रीकेन्ट उत्पादनहरु बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार १३:५९