१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

अनेरास्ववियुका नेता आरसी लामिछाने जसले ज्ञानेन्द्रको ‘कू’विरूद्ध पहिलो आन्दोलनको नेतृत्व गरे

-किरण देउजा

१९ माघ, काठमाडाैँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवा नेतृत्वको सरकार अपदस्थ गरेर ‘कू’ गरेको १८ वर्ष पूरा भएको छ । १८ वर्षअघि ज्ञानेन्द्रको उक्त ‘कू’को विरूद्धमा पहिलो पटक सडक अान्दोलनको नेतृत्व गरेका अनेरास्ववियुका नेता आरसी लामिछाने अहिले ती दिन सम्झिदाँ अनौठो मान्छन ।

आन्दोलन अनुभवबारे दैनिकीसँग कुरा गर्दै लामिछाने भन्छन, ‘आज भन्दा १८ वर्ष अघि , २०६१ माघ १९ को दिन तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गरेका थिए। हामी विहानै देखि क्याम्पसमा थियौं । राजाले केही कदम चाल्छन भन्ने थियो। पद्मोदय मोड देखि राष्ट्रिय सभा गृहसम्म नेपाली सेनाको बख्तरबन्द गाडी थियो। १० बजे हामी, क्याम्पसको सुरक्षाकर्मी (पाले दाइ) को कोठामा रहेको  टिभीमा राजाको सम्बोधन हेर्न/सुन्न थल्यौ। राजाले शासन सत्ता हातमा लिएको घोषणा गरे । हामीहरूले तत्काल निर्माण गर्‍यौ । अब आन्दोलन गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौ। हामीहरूले आर आर क्याम्पस अघि तत्काल जुलुस निकाल्यौ।’

माघ १९ को स्मरण गर्दै उनी अघि भन्छन, ‘हामीहरुलाई पक्राउ गरेर महानगरीय प्रभाग सिहंदरबार लगे। निर्घात कुटपिट गरे। सुरक्षा कर्मीले अब तिमीहरूको अन्तिम दिन भन्दै मानसिक दबाद दिइरहे । त्यहा पुगेपछी थाहा भयो, राजनीति दलकाअधिकांश नेताहरलाई पक्राउ गरेको, केहिलाई नजरबन्दमा राखेको सुचना पाइयो। हामीलाई मानव बधशाला भनेर चितृत भैरबनाथ गणमा लगियो। माघ १९ मा हामीहरुले आन्दोलनको झिल्को बालेका थियौ। तब गणतन्त्र ल्याउन/आउन सम्भव भयो ।’ लामिछानेले सुनाएको माघ १९ को स्मरण तलको भिडियोमा हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार २१:३२