२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अष्ट्रेलियाको नयाँ पाँच डलरको नोटमा हुने छैन चाल्र्स तृतीयको नाम

१९ माघ, सिड्नी । अष्ट्रेलियाको नयाँ पाँच डलरको नोटमा राजा चाल्र्स तृतीयको नाम नराखिने देशको केन्द्रीय बैंकले घोषणा गरेको छ । नयाँ डिजाइनले आदिवासी अस्ट्रेलियालीहरूको “संस्कृति र इतिहास“ लाई सम्मान दिनेछ, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले भनेको छ ।

पाँच डलरको नोटको हालको डिजाइनमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको तस्विर देखिन्छ । गत वर्ष रानीको मृत्युले अष्ट्रेलियाको संवैधानिक राजतन्त्रको भविष्यको बारेमा बहस पुनः सुरु गरेको छ ।

“रिजर्व बैंक बोर्डले यो निर्णय अष्ट्रेलिया सरकारसँग परामर्श पछि गरेको हो, जसले यो परिवर्तनलाई समर्थन गर्दछ,“ बैंकले एक विज्ञप्तिमा भनेको छ । ‘बैंकले ५ डलरको नोट डिजाइन गर्न पहिलो अष्ट्रेलियालीहरूसँग परामर्श गर्नेछ। नयाँ नोट डिजाइन गर्न र छाप्न धेरै वर्ष लाग्नेछ। यस बीचमा, हालको ५ डलरको नोट जारी रहनेछ’ बैंकले भनेको छ । बैंकले नयाँ पाँच डलरको नोटको डिजाइन कहिले सार्वजनिक गर्ने भनेर मिति भने तय गरेको छैन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १६:५८