२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

श्रीमानले गरे श्रीमतीको हत्या

२६ फागुन, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ मा शुक्रबार राती श्रीमानले श्रीमतीको हत्या गरेको छ ।
बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा मजदूरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी प्रमुख डम्बर पुरीले बताए ।

मादकपदार्थ सेवन गरेको बेला श्रीमान–श्रीमतीबीच विवाद हुदा आवेशमा आएर श्रीमतीको कञ्चटमा मुक्का प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : March 10, 2018 at 7:44 pm