२२.१२ अकंले घट्याे सेयर बजार, २ अर्ब ९ करोड ६४ लाखकाे काराेबार
१९ माघ, काठडमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । चौथो काराेबारकाे दिन सामान्य अकंले बढेको सेयर बजार आज फेरी ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१२ अकंले घटेर २०९४.५४ बिन्दुमा बन्द भएको छ । आज २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ६४ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन बैंककाे १० करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यस दिन आदर्श लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १५:१८












