३ असार २०८१, सोमबार | Mon Jun 17 2024

आदर्श लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?


१९ माघ, काठमाडाैं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।

कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षकाे मुनाफाबाट सेयधनीका लागि हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाइ वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १०:४१