३ असार २०८१, सोमबार | Mon Jun 17 2024

निर्धन उत्थान लघुवित्तले बाेलायाे साधारणसभा, कहिलेसम्म कायम सेयरधनीले पाउछन् लाभांश ?


१९ माघ, काठमाडाैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको  माघ १७ गते मंगलबार बसेको बैठकले कम्पनीकाे २४ औँ वार्षिक साधारणसभा फागुन १२ गते केन्द्रिय कार्यलय नक्साल काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीकोको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले फागुन २ गतेदेखि फागुन १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १०:२९