१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

सामान्य अंकले बढ्याे सेयर बजार, १ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट

१८ माघ, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । केहि दिन यता निरन्तर ओरालो लागि रहेको सेयर बजार आज भने सामान्य अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९७ अकंले बढेर २११६.६५ बिन्दुमा बन्द भएकोछ ।

आज २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँको कारोबार भएको छ । यस दिन नेपाल बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको हाे । आज आर्दश लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज एनआइबिएल समृद्धि फण्डकाे  सेयर मुल्य घटेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १५:१९