२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

लक्ष्मी बैंकको शाखा ललितपुरको हात्तीवनमा

१८ माघ, काठमाडाैं ।  लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४४ औँ शाखा ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा नं. २८ को हात्तीवनमा आज सञ्चालनमा ल्याएकोे छ।

यस शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।

यस नयाँ शाखाको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६९ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइका माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १४:१९