१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, कति पाइन्छ ब्याज ?

१८ माघ, काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले माघ २६ गते, बिहीबारबाट ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ९ लाख ६० हजार कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले कुल ४८ हजार इकाइ पाउनेछन् । बाँकी ९ लाख १२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

बैंकले ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। ऋणपत्रमा छिटोमा फागुन १ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त ऋणपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेकाे छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १२:०८