५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

मोटरसाइकलसहित चोरीमा संलग्न चार पक्राउ

२६ फागुन, बर्दिवास । बर्दिवासमा मोटरसाइकल सहित चोरीमा संलग्न चारजनालाई इलाका प्रहरी कार्यालय बर्दिवासले पक्राउ गरेकोछ ।

मोटरसाइकल चोरीमा संलग्न सर्लाहीको हरिऔन–२ का २० वर्षीय नागेन्द्र महतो, हरिऔन–३ का १८ वर्षीय रमेश कुशवाहा, २० वर्षीय सरोजकुमार महतो र १८ वर्षीय सञ्जय महतोलाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको हो ।

प्रहरीले बर्दिवास औरहीरोडस्थित सूर्या आर्ट्सबाट एक महिनाअघि चोरिएका दुई मोटरसाइकल र अर्को एक मोटरसाइकल सर्लाहीको हरिऔन नगरपालिकाको २ र ३ नम्बर वडाबाट फेला पारेको थियो ।

चोरीका घटना बढ्दै गएपछि विशेष टोली नै बनाएर थालिएको अनुसन्धानबाट उनीहरुालाई पक्राउ गर्न सकिएको इप्रका बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

बर्दिवास नगरका बुद्धचोक, लचका र औरही रोडबाट गतभदौ १३ यता हालसम्म १२ वटा मोटरसाइकल चोरी भएका उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १९:०३