२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

१७ माघ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ३०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

साेमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। साेमबार चाँदीकाे मूल्य स्थिर रहँदै १ हजार ३६५ रुपैयाँमा नै कारोबार भएको थियो।

प्रकाशित मिति : January 31, 2023 at 11:02 am