३ असार २०८१, सोमबार | Mon Jun 17 2024

मनकामना स्मार्ट लघुवित्तले घोषणा गर्याे लाभांश, बाेनस कति ?


१७ माघ, काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकाे  माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाइ वितरण गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १०:३०