२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

गृहमन्त्री नपाए दाम्लो चुँडाल्ने धम्की दिइरहेका रवि लामिछाने नियुक्ति माग्दै बालुवाटारमा

१७ माघ, काठमाडाैँ । गृहमन्त्री नपाए दाम्लो चुँडाल्नेसम्मको चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका छन । प्रहरीका अधि आत्मसमर्पण गरेर राहदानी दुरूपयोग मुद्दामा अनुसन्धानमा सघाउनुपर्ने लामिछाने गैरसांसद मन्त्रीको रूपमा पुनः उपप्रधान तथा गृहमन्त्री हुने अभियानमा लागेका छन । उनले प्रचण्डसँगको भेटमा तत्काल गृहमन्त्रीको नियुक्त दिन माग गरेका छन ।

गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको रास्वपाका बारेमा सत्ता नेतृत्व गर्ने दल माओवादीले निर्णय लिन सकेको छैन । सत्ता साझेदार प्रमुख दल एमालेले त रविले फेरि चुनाव लड्नुपर्ने र त्यस समयमा एमालेको समेत उम्मेदवार उनै हुने बताइसकेको छ । एमाले महासिचव शंकर पोखरेलले रविलाई पुनः चुनाव जिताउने जिम्मा एमालेको भए बताएको कुरा विभिन्न सञ्चारमाध्यममा आइसकेको थियो ।

रवि राहादानीको मुद्दा निष्प्रभावी बनाउन फेरि पनि गृहमन्त्रालयमा जान चाहिरहेका छन । यद्यपी राहदानी दुरूपयोग मुद्दा फौजदारी हुने हुँदा लामिछानेका विरूद्धमा मुद्दा दर्ता भएपछि उनी नेपालको राजनीतिमा अयोग्यपत्रको रूपमा रहनेछन । त्यसपछि उनले चुनावमा जित्ने त परैको कुरा प्रतिस्पर्धा पनि गर्न पाउँदैनन् । जसका कारण लामिछाने जसरी पनि गृहमन्त्रालयकै बागडोर सम्हालेर बस्न चाहन्छन । नागरिकताकै मुद्दामा पनि उनले राज्यसंयन्त्रको चरम दुरूपयोग गरेको विषय सार्वजनिक नै भैसकेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १०:३९