१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेसनल हाइड्रोपावरको नाफामा गिरावट, बिद्युत बिक्रि आम्दानी कति ?

१६ माघ, काठमाडाैं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १३.८२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ८५ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

याे अबधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी भने ०.६८ प्रतिशतले बढेर ५ करोड ५८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ५५ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड १२ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा रहेको छ ।

प्रकाशित मिति : January 30, 2023 at 12:33 pm