१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनकाे कति ?

१६ माघ, काठमाडाैं ।  शिखर इन्स्योरेन्स कम्पनी र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ १६ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज माघ १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

१) शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्सले आफ्नो १७ औँ र १८ औँ वार्षिक साधारणसभा यही माघ २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडाैंकाे थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीकाे १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१५ नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश पारित गर्नेछ।

२) नेरुडे लघुवित्त

नेरुडे लघुवित्तले आफ्नो १६ औँ वार्षिक साधारणसभा माघ २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश गरी कुल २३.१५७९ प्रतिशत लाभांश पारित गर्नेछ।

प्रकाशित मिति : January 30, 2023 at 10:54 am