२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

छुट्ला है ! आत्मनिर्भर लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

१६ माघ, काठमाडाैं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। लघुवित्तले सर्वसाधारणका लागि भने फागुन ११ गतेदेखि निष्काशन गर्ने छ ।

कम्पनीले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो। सोमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेकाे हो ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि माघ १६ गतेदेखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित मिति : January 30, 2023 at 9:56 am