२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्राइभेट कम्पनी बन्यो राष्ट्रिय स्वतन्त्र पार्टी, सदस्यताको केही मिनेटमै अध्यक्ष बने रवि

१५ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी प्राइभेट कम्पनी मोडलमा सञ्चालन हुन थालेको छ । सर्वोच्च अदालतको फैसलासँगै नागरिकताबिहीन भएका रवि लामिछानेले आइतबार नागरिकताको प्रमाणपत्र पुनः प्राप्त गरेका छन ।
उनी नागरिकताको पुनः प्राप्ति गरेसँगै पार्टीको विधान विपरित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष बनेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीको बिधानको धारा ४० मा नयाँ सदस्यता लिएका व्यक्तिले एक वर्षसम्म पार्टी सभापति बन्न नपाउने व्यवस्था छ तर लामिछाने विधानविपरित सदस्यता प्राप्त गरेको केही मिनेटमै अध्यक्षमा निर्वाचित भएको घोषित भए ।
उनको पार्टीका प्रवक्ता समेत रहेका डा मुकुल ढकालले लामिछाने पार्टी सदस्यता प्राप्त गरेको केही मिनेटमै पार्टी अध्यक्षमा चयन भएको जानकारी दिए । यो पक्रियाले हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्राइभेट कम्पनी जस्तो एक व्यक्तिलाइ जे मन लाग्यो त्यही हुने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार २०:५१