२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

रअ प्रमुखसँगको भेटपछि फेरियो माओवादीको लय, राष्ट्रपतिका लागि गठबन्धन तोड्ने संकेत

१३ माघ, काठमाडौं । भारतीय गुप्तचर एजेन्सीका पदाधिकारीसँगको गोप्य भेटपछि माओवादीको लय फेरिएको छ । धुमिल रूपमा राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको कुरा गर्ने माओवादीले शुक्रबार पार्टीको तर्फबाट निर्णय नै गरेको छ ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दुइदिनदेखि बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । गत साता माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रील रअका अधिकारीसँग गोप्य भेटवार्ता गरेका थिए ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने पार्टीको नीति रहेकाले सोही अनुरूप अगाडी बढ्ने जानकारी दिए । यसअघि माओवादीले राष्ट्रपति र सभामुख नेकपा एमालेलाइ दिने र त्यसमा सहयोग गर्ने लिखित सहमति नै गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १६:३८