२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

राष्ट्र बैंकले जारी गरेकाे विप्रेषण विनियमावलीमा के-के छ व्यवस्था ? (पूर्णपाठसहित)

१३ माघ, काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गरी ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरेको हो ।

नयाँ विनियमावलीअनुसार नेपाल राष्ट्र बैंकले विप्रेषण कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड रुपैयाँ निर्धारण गरेको छ । राष्ट्र बैंकले विप्रेषण कम्पनीहरुलाई २ तहमा विभाजन गर्दै न्यूनतम १० करोड र २५ करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेको हो ।

नयाँ विनियमावली अनुसार अब विनियम ४ को उपविनियम (२) बमोजिम निवेदन दिने कम्पनीले विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न न्यूनतम २५ करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्नेछ। यसबाहेक अन्यको हकमा न्यूनतम १० करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। विप्रेषण सेवा प्रदान गर्दै आएका कम्पनीलाई न्यूनतम चुक्ता पुँजी पुर्याउन २०८५ असार मसान्तसम्मको समयावधि दिएको छ ।

प्रकाशित मिति : January 27, 2023 at 3:24 pm