१० असार २०८३, बुधबार | Wed Jun 24 2026

टीकापुरा घटनाकाे आरोपी रेशम चौधरीलाई निःशर्त रिहाइ गर्न थारु कल्याणकारिणी सभाको माग

११ असोज, काठमाडौं ।  टीकापुरा घटनाका आरोपी रेशम चौधरीलाई निःशर्त रिहाइ गर्न थारु कल्याणकारी सभाले माग गरेको छ । साथै अन्य सम्पूर्ण आरोपीलाई लगाइएको मुद्दा फिर्ता लिन पनि सरकारसँग माग गरेको छ । २२ औं राष्ट्रिय महाधिबेशनबाट २२ बुँदे घोषणापत्र जारी गर्दै सभाले कैलाली क्षेत्र नं. १ बाट अध्याधिक मत प्राप्त गरी निर्वाचित भएका चौधरीलाई रिहाइ गरी अविलम्ब शपथग्रह गराउन सरकारसँग माग गरेको हो ।

थारुहट/थारुवान संयुक्त संघर्ष समितिले आव्हान गरेको शान्तिपूर्ण आन्दोलनमा रहस्यमय एवंम सुनियोजित ढंगले घटना भएको भन्दै थारु नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने माग गरेको हो । सभाले राजनीतिक घटना भएको भन्दै यसलाई राजनीतिक सहमति, संवादको आधारमा मुद्दा फिर्ता लिएर जेलबन्दीहरुको निःशर्त रिहाई गर्न माग गरेको छ ।

 मृतकका परिवारको रोजगारी, घाइतेहरुको औषधि उपचार, बिस्थापितहरुलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनको लागि प्रधानमन्त्री, सभामुख, विपक्षी दलका प्रमुख नेताहरुलाई अल्टीमेटम सहित ज्ञापन पत्र बुझाउने सभाले निर्णय गरेको छ ।

थरुहट आन्दोलनको क्रममा भएको टीकापुर घटना पश्चात छानबिनका लागि बनेको देवीराम शर्मा, गृशचन्द्र लाल दासको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनलगायत सम्पूर्ण जाँचबुझ सम्बन्धी आयोगका प्रतिवेदन अविलम्ब सार्वजनिक गर्नसमेत सभाले माग गरेको छ । टीकापुर घटनामा आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपीसहित ६ र सशस्त्र प्रहरीका दुई गरी ८ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : September 27, 2018 at 4:00 pm