अन्तिम काराेबारकाे दिन यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री
१२ माघ, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३५ अकंले घटेर २१८३.२७ बिन्दुमा बन्द भएको छ । नेप्से घटेसँगै आज कारोबार रकम समेत घटेकाे छ । आज २५४ कम्पनीको ७७ लाख ६४ लाख १५३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँको कारोबार भएको छ ।
साे रकम बराबरकाे काराेबार हुँदा यस दिन सर्वाधिक समृद्धि फाइनानसको ९ करोड ७० लाख रुपैयाँ बढीकाे खरिदबिक्री भएकाे छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको ८ करोड ६१ लाख, आँखुखोला जलविद्युतको ७ करोड ३८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६७ लाख र अपि पावरको ६ करोड ४१ लाख रुपैयाँमाथिको कारोबा भएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १५:१३












