७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

छुट्ला है ! सुपर मादीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१२ माघ, काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन आज माघ १२ गते बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गतेदेखि सर्यसाधारणहरूका लागि साधारण सेयर आईपीओमा निष्काशन गरेकाे थियाे ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो। सोमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको बाँडफाँड गरिएको छ। त्यसका साथै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्वा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : January 26, 2023 at 11:54 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/