५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

कतार एयरवेजको यात्रा जोखिमपूर्ण, विमानमा सासफेर्न नसक्दा ११ महिनाका बालकको ज्यान गयो

११ असोज, काठमाडौैँ । कतार एयरवेजको यात्रा जोखिमपूर्ण बनेको छ । बालबालिकाका लागि कतार एयरवेजको यात्रा जोखिमपूर्ण बनेको हो । सासफेर्न नसक्दा बुधबार ११ महिनाका बालकको विमानमै ज्यान गयो । कतारको राजधानी दोहाबाट हैदराबाद आउँदै गरेको कतार एयरवेजको विमानमा सास फेर्न गाह्रो भएकाले एक ११ महिनाका बालकको ज्यान गएको हो ।

हिन्दुस्तान टाइम्सले जनाएअनुसार हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण भएसँगै ती बालकलाई अपोलो मेडिकल सेन्टर लगिएको थियो । तर डाक्टरहरुले बालकलाई मृत घोषित गरे । बालकका आमाबुवासँग भारतीय पासपोर्ट रहेको र बालकसँग अमेरिकी पासपोर्ट रहेको पनि हिन्दुस्तान टाइम्सले जनाएको छ ।

हैदराबाद विमानस्थलका प्रवक्ताले बालकको मृत्यु विमानमै भएको बताएका छन् । उनले अपोलो मेडिकल सेन्टरकोआधिकारिक रिपोर्ट आएपछि मात्रै सबै कुरा भन्न सकिने बताएका छन् । गएको महिना सास फेर्न समस्या भएकै कारण इन्डिगो एयरको विमानमा चार वर्षीय बालकको ज्यान गएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार ११:३८