धादिङको थाक्रेमा दुर्इ जेठाजुले २२ वर्षीया बुहरीलार्इ पालैपालो बलात्कार गर्ने गरेको खुलासा
११ असोज, धादिङ । धादिङको थाक्रेमा दुर्इ जेठाजुले पालैपलो अाफ्नै बुहरीको बलात्कार गर्ने गरेको खुलासा भएको छ । पीडित बुहारी उजुरी लिएर प्रहरी कार्यालयमा पुगेपछि घटना सार्वजनिक भएको हो । प्रहरीले बुहारीको उजुरीको अाधारमा दुवै जेठाजुलार्इ समातेर थुनामा राखी अनुसन्धान गरिरहेको छ ।
प्रदेश नम्बर ३ अन्तरगतको धादिङ जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो । आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित प्रहरीमा उजुरी दिएपछि उनीहरूलार्इ पक्राउ गरिएको हो ।
पछिल्लोपटक माइलो जेठाजुलाई यही असोज ५ गते तथा जेठो जेठाजुले गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाई छ । उनले जेठाजुहरूले आफुलाई बलात्कार गर्न अरु मानिसहरुलाई समेत पठाएको अारोप लगाएकीछिन ।
प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार ०९:४३