४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

११ माघ, मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख शर्माले भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठ, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री, केशवप्रसाद पोखरेल, पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर बहादुर तामाङ, वन तथा वातावरणमन्त्री राजु बिष्ट र स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री  शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १४:४९