५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

कांग्रेसको कोटामा राजदूत बनेका थापाको राैद्र रूप, कोरियाका पत्रकारलार्इ यसरी थर्काए (भिडियो)

१० असोज, काठमाडाैँ । दक्षिणकोरियाका राजदूत अर्जुनजंगबहादुर सिंहले राजदूत पदकै धज्जी उडाउने काम गरेका छन । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अधिवेशनमा सहभागी भएका राजदूत सिंहले अाफ्नो मात्रै बेइज्जती गरेनन् उनले राजदूत पदकै धज्जी उडाए ।

महासंघको अधिवेशनको उद्घाटन सत्रमा उपस्थित भएका राजदूत सिंहले अाफूलार्इ प्रमुख अतिथि नबनाएको भन्दै अायोजकलार्इ थर्काएका छन । उनले थर्काउने काममात्रै गरेन धम्की समेत दिए । अाफूलार्इ प्रमुख अतिथि नबनाएर अपमान गरेको भन्दै उनले अागामी दिनमा यस्ताे काम नगर्न भन्दै चेतावनी दिँदै उनलार्इ प्रमुख अतिथि नबनाउनु पित पत्रकारिता भएको बताए ।

नेपाल पत्रकार महासंघको जुनसुकै शाखाको अधिवेशनमा पनि केन्द्रीय अध्यक्ष उपस्थित भएको खण्डमा उनी नै प्रमुख अतिथि हुन्छन र नत्र महासंघले तोकेको प्रतिनिधि नै प्रमुख अतिथि हुने प्रचलन रहेको छ । र त्यही अनुसार कार्यान्वयन पनि हुँदै अाएको छ । फेरि नेपाल पत्रकार महासंघकाे अध्यक्ष प्रेस काउनसिलकाे पदेन सदस्य समेत हुने काउन्सिलकाे सदस्य प्राेटाेकलमा नेपाल सरकारकाे सहसचिव भन्दा वरिष्ठ हुन्छ । तर महासंघका अध्यक्ष गोविन्द अाचार्य प्रमुख अतिथि भएको कार्यक्रममा सिंहले अाफ्ना राैद्ररूप प्रस्तुत गरेर राजदूत पदकै धज्जी उडाएका छन ।

सिंहको भाषण सामाजिक सञ्जामला हेरेपछि प्रेस काउन्सिलका सदस्य समेत रहेका पत्रकार महासंघका पूर्व उपाध्यक्ष वरिष्ठ पत्रकार खिलबहादुर भण्डारीले सिंहलार्इ फिर्ता बोलाउन माग गरेका छन । सामाजिक सञ्जालमा हजाराैँले सिंहको अभिव्यक्तिको निन्दा गर्दै तत्काल फिर्ता गर्न माग गरेका छन । सिंहलार्इ तत्कालीन प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले २०७३ फागुन ९ गते कांग्रसको कोटामा राजदूत सिफारिस गरेको थियो । १४ जना राजदूत सिफारि हुँदा कांग्रेसको कोटामा ६ जना परेका थिए । उनी ६ मध्येको पनि कांग्रेसको रोजाइमा एक नम्बरमा परेका थिए ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार २०:४९