प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन, विद्या भटराईदेखि सोबिता गौतमसम्म
१० माघ, काठमाडौं । प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरिएकाे छ । मंगलबारको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको हाे ।
उक्त समितिमा सांसदहरु रमेश लेखक, सोबिता गौतम, सुवासचन्द्र नेम्बाङ, महेश बर्तौला, विद्या भटराई, अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, प्रदीप यादव, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रेम सुवाल रहेका छन् ।
त्यस्तै ज्ञानबहादुर शाही, लीलानाथ श्रेष्ठ, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ र हितराज पाण्डे रहेका छन् । यो समितिलाई १५ दिनको समय तोकिएको छ र समितिको सभापति समितिले चयन गर्नेछ ।
नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।
प्रकाशित मिति : January 24, 2023 at 1:44 pm









