१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

३८० रुपैयाँमा आशा लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

१० माघ, काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केही सेयरहरू बिक्री गर्ने भएकाे छ । कम्पनीले १ लाख ७० हजार ३७५ कित्ता सेयर आजबाट लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेकाे हाे । कम्पनीले जारी गरेकाे यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

उक्त सेयरको न्यूनतम मूल्य ३८० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरूले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल पेश गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन।

इच्छुक लगानीकर्ताहरूले कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा माघ २४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् ।

 

प्रकाशित मिति : January 24, 2023 at 12:03 pm