१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

स्वावलम्बन लघुवित्तको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१० माघ, काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको डेढ लाख कित्ता बढी सेयर आज माघ १० गतेबाट लिलामीमा राखिएको छ।

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर आजबाट लिलामीमा राखिको हो। उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संघसंस्थाले माघ २४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन। इच्छुक लगानीकर्ताले काठमाडाैंकाे नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमा बोलपत्र पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : 10:55