५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

रौतहटमा शव जलाउने विषयमा विवाद हुँदा गाउँलेबिच झडप, प्रहरीद्वारा २० राउन्ड हवाइ फायर 

१० असाेज, रौतहट । रौतहटको गरुडा नगरपालिकामा गाउँलेबिच भएको झडपका कारण स्थिति तनावपुर्ण बनेकाे छ । । गरुडा नगरपालिका–९ श्रीपुरस्थित एक घाटमा शव जलाउने विषयमा भएको विवादले उग्र रुप लिँदा तनाव उत्पन्न भएको हो ।

दुई समूहबीचको विवादलाई नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाइ फायर गरेको छ भने १२ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । झडपमा एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएकाे बुझिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार १७:५१