एनएमबि बैंककाे खुद नाफासँगै बढ्याे ईपीएस, वितरणयोग्य नाफा कति ?
८ माघ, काठमाडाैं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्ममा बैंकले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११.०८ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७१ करोड १५ लाख १९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि १२.२० प्रतिशतले बढेको छ।
समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ५७.२२ प्रतिशतले बढेर ४ अर्ब २६ करोड ९२ लाख ८८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रूपैयाँ रहेकाे थियाे ।
साे अवधिमा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र जगेडा कोषमा ७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.७० रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १८.६४ रुपैयाँ रहेको थियो। बैंकको पीई रेसियो ११.८८ गुणा, प्रतिसेयर नेटवर्थ १४८.१० रुपैयाँ रहेकाे छ ।
प्रकाशित मिति : January 22, 2023 at 11:56 am









